नेपालमा डेढ लाख मेगावाट विद्युत निकाल्न सकिन्छ: घिसिङ


नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले खोलानालाको समेत सही प्रयोग गर्न सकिए करिव डेढ लाख मेगावाट विद्युत निकाल्न सकिने बताएका छन्।

आज राजधानीमा रामेछाप काठमाडौ पत्रकार समाजले गरेको ‘नेपालमा जलविद्युतको सम्भावना र चुनौति’ विषयक कार्यक्रममा बोल्दै घिसिङले विगतमा ८३ हजार मेगावाट बिद्युत उत्पादन गर्न सकिने भनिएता पनि यसको क्षमता अझ धेरै भएको बताए।

नेपालका ठूला नदी गण्डकी, कोशी, र कर्णालीबाट २५/२५ हजार मेगावाट, महाकाली बाट ८ हजार मेगावाट बिद्युत निकाल्न सकिने र अन्य नदीहरुवाट पनि प्रसस्तै बिद्युत निकाल्न सकिने उनले बताए।

घिसिङले नेपाल बिस्तारै लोडसेडिङ मुक्त भएपनि निर्यात गर्नका लागि विद्युत र पानी संचय गर्ने प्रविधि सहितको योजना एक साथ अघि बढाउनुपर्नेमा जोड दिए।

एउटै कोठामा बसेर शहरभरीको ग्राहकको बत्तिको स्वीच नियन्त्रण गर्ने किसिमको स्मार्ट प्रविधिमा जान सकेमा विद्युत उर्जाको बचत हुनुका साथै आवश्यकता अनुसारको उपयोग गर्नबाट बन्चित हुनु नपर्ने उनको तर्क छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.