केएमसी बागबजारमा प्लस टु अध्ययन गरेका करिब २० हजार बढी संगठित सदस्य भएको केएमसी पूर्व विद्यार्थी संघको दोस्रो बृहत भेला पुस ७ गते औपचारिक र सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ।
मुटुरोग विशेषज्ञ एवम् लेखक डा. ओम मूर्ति अनिलको प्रमुख आतिथ्यता र संघका अध्यक्ष डा. अच्युत शाली घिमिरेको सभापतित्वमामा सम्पन्न उक्त भेलामा विभिन्न क्षेत्रमा आफ्नो भूमिकालाई मजबुद बनाएका पूर्व विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
देशमा छरिएर रहेका पूर्व विद्यार्थीहरूको उक्त भेलामा सम्मानित पूर्व विद्यार्थी वक्ताहरूले केएमसीले आफ्नो सफलतामा पुर्याएको योगदान र पूर्व स्मृतिहरूलाई ताजा बनाएर मन्तव्य राखेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि डा. अनिलले सम्बन्धहरूसँग जोड्दै किन युवाहरू देशमा नै बसेर कार्य गर्न उत्प्रेरित हुनुपर्छ भन्ने धारणा राखेका थिए।
सुनिता डंगोल, सागर ढकाल लगायतका राजनीतिक वृत्तका सुनौला खेलाडीहरूलाई पहिलो भेलामा सम्मान गरिसकेको यस संघले आगामी दिनमा यसको दायरा बढाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने ध्येय राखेको बताइएको छ।