नेपाल पे क्युआर सञ्चालनमा आएको छ। केही बैंक तथा वित्तीय संस्थाहरुको सहकार्यमा क्युआर अन्तरआवद्धता कायम गर्ने गरी सञ्चालनमा आएको कम्पनीले बताएको छ।
नेपाल पे क्युआरको औपचारिक थालनीको घोषणा आज नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले गरेको हो।
कार्यक्रममा विभिन्न बैंकका सिइओ, तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिति थियो। जसबाट नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसार क्युआर अन्तरआबद्धता कायम गरिने उल्लेख गरिएको छ। नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायमगर्न सक्ने व्यवस्था रहेको छ।
हाल हिमालयन बैंक, सानिमा बैंक, समृद्धि फाइनान्सलगायत मोबाइल एपबाट क्युआर स्क्यान गरी कारोबार गर्न सकिन्छ। जसमार्फत हाल १४ लाखभन्दा बढी प्रयोगकर्ता लाभान्वित हुने विश्वास लिइएको छ।