आठ वर्षपछि गुण एयरलाइन्सको नामबाट आन्तरिक उडान हुने भएको छ।
सन् २००९ देखि गुणको नामबाट उडान गरेको एयरलाइन्स चार वर्षपछि नै सिम्रिक एयरका नामबाट सञ्चालन भएको थियो।
सिम्रिकले नाम परिवर्तन गरेर गुण एयरलाइन्स बनेको कम्पनीका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए।
थापाकाअनुसार एयरलाइन्सले बैशाखदेखि नियमित उडान गर्ने छ।
गत वर्ष लागू भएको लकडाउनको समयदेखि बन्द रहेको यो एयरलाइन्सले यती एयरलाइन्सका पाँच वटा जेटस्ट्रिम जहाज खरिद गर्ने थापाले बताए।
जहाज खरिदका लागि सैद्धान्तिक सम्झौता भइसकेको उनले जानकारी दिए।