विश्वकै दोश्रो अग्लो बन्जी संचालन गरिरहेको द क्लिफ प्रालीले नयाँ खेल 'जर्ब बल' सञ्चालनमा ल्याएको छ। आफ्नै रिसोर्ट परिसर बाग्लुङ मा यो खेल संचालनमा ल्याएको हो।
द क्लिफका अनुसार एक पटकमा दुई जना अट्छन्। बलभित्र ‘हार्नेस’को सहायतामा बसिसकेपछि बललाई खुल्ला ठाउँ वा चौरमा रोल गरेर मज्जा लिन सकिने क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।
नेपालमै पहिलो पटक र सुरुआती चरण भएकोले प्रति व्यक्ति २५० रुपैयाँ लिइरहेको क्लिफले जनाएको छ। ग्राहकलाई ४ देखि ५ मिनेटसम्म खेलाइन्छ।
द क्लिफले कालीगण्डकी नदीको खोँचमा बन्जी, बिश्वकै अग्लो स्विङ, गुलेली शैलीको पिङ र स्काई साइक्लीङ समेत निर्माण गरेको छ।
यस क्षेत्रलाई एड्भेन्चर हबका रुपमा विकास गर्दै अन्य गतिविधि समेत थप्ने योजना रहेको कार्कीले बताए।