चालू वर्षको पहिलो चार महिनामा पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनको अवस्था फेरि निराशाजनक देखिएको छ।
राष्ट्रिय योजना आयोगले तयार पारेको मन्त्रालयगत खर्च विवरणअनुसार धेरै बजेट विनियोजन भएका तथा पूर्वाधार निर्माणमा खर्च गर्ने मन्त्रालयहरुको खर्च अवस्था कमजोर देखिएको हो।
वार्षिक विनियोजनको तुलनामा त्यस्ता मन्त्रालयको खर्च न्यून देखिएको छ।
विवरणअनुसार सबैभन्दा धेरै पूर्वाधार निर्माणमा खर्च गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पूँजीगत खर्च कूल विनियोजनको ११ प्रतिशतमात्र रहेको छ।
त्यस्तै खानेपानी मन्त्रालयको पूँजीगत खर्च ५, सहरी विकासको १६,उर्जाको ८ प्रतिशतमात्र रहेको छ।