नेपाल एयरलाइन्सले विदेश यात्रा गर्ने यात्रुहरूलाई उडान समयभन्दा चार घन्टाअघि नै विमानस्थल पुग्न आग्रह गरेको छ।
कोभिड-१९ का कारण थप जाँच गर्नुपर्ने भएकाले उडान समयभन्दा चार घन्टाअघि नै विमानस्थल पुग्न एयरलाइन्सले आग्रह गरेको हाे। सामान्य अवस्थामा उडान समयभन्दा तीन घन्टाअघि विमानस्थल पुग्नु पर्ने थियाे।
हङकङ, नारिता जस्ता गन्तव्यमा उडान गर्नका लागि टिकट लिएका यात्रु उक्त समयमा जानुपर्ने छ।