आन्तरिक राजश्व विभागले गएको वर्षसम्म १ खर्ब ३ अर्ब कर उठाउन बाँकी रहेको बताएको छ।
विभागले गएको वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कूल २२ हजार ३४ करदाताबाट सो रकम उठाउन बाँकी रहेको जानकारि दिएको छ।
यसमध्ये ६१ अर्ब रुपैयाँ बराबरको कर निर्धारण भएको तर करदाताले चित्त नबुझाएर मुद्दामा गएका छन् भने ४२ अर्ब बाँकी शिर्षकमा रहेको छ।
यसरी उठाउन बाँकी करमा ६६ अर्ब आयकर, ३३ अर्ब मूल्य अभिबृद्धि कर तथा ३ अर्ब अन्तशु:ल्क रहेको छ।
केही समय अघि विभागले लामो समयदेखि कर तथा विवरण नबुझाउने करदाताको सूची पनि सार्वनजिक गरेको थियो।