ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका मदिराका विज्ञापनको होर्डिङ बोर्ड हटाउने काम सुरू गरेको छ।
महानगरपालिकाले बैठक गरी शुक्रबारबाट आफ्नो क्षेत्रमा भएका मदिराका विज्ञापन हटाउने निर्णय गरेको हो ।
ललितपुर महानगरपालिकाका नगरी प्रहरी प्रमुख सिताराम हाछेँथुले मदिराका विज्ञापन गर्न नपाइने बताए ।
'कानुनविपरीत रहेका सबै मदिराका होर्डिङ बोर्डहरु हटाइन्छ, त्यो सुरू भएको छ,' उनले भने।
'जावलाखेलबाट हटाउने काम सुरू भएको छ, 'उनले थपे, 'पुल्चोक, कुपन्डोल, कुमारपाटी, लगनखेल क्षेत्रमा पनि हटाइन्छ।'