माउन्टेन ड्युले पब्जी मोबाइलसँग विश्वव्यापी साझेदारी गरेको छ। यसअनुसार माउण्टेन ड्युले इस्पोर्ट्समा समावेश भएकालाई खेल मैदानमा जिताउन सघाउने प्रतिवद्धता गरेको छ।
विश्वभरका खेलाडीहरुले सीमित समयको लागि ‘इन–गेम माउण्टेन ड्यु फ्युल स्टेशन्स’मा शक्ति बढाउने कम्पनीको दाबी छ।
‘यसको प्रयोगबाट फ्युल स्टेशनहरुले गेमिङ्ग अनुभवलाई अझ बढी रोमाञ्चक बनाउँछ’, माउन्टेन ड्युले भनेको छ।
कम्पनीकाअनुसार नेपाल लगायत देशमा माउण्टेन ड्यु उत्पादन किन्दा ‘इन–गेम’ पुरस्कारहरु जित्न सकिन्छ।
माउण्टेन ड्यु पब्जी मोबाइल प्रो लिग अमेरिका, पब्जी मोबाइल वल्र्ड लिग र पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२० को औपचारिक वेभरेज प्रायोजक पनि हो।
‘पब्जी मोबाइलसँग जोडिएर इस्पोर्ट्स प्रसंसकसँग संलग्न हुन पाउँदा खुशी लागेको छ’ पेप्सीकोका मार्केटिङ्ग डाइरेक्टर नसिब पुरीले भने ‘यस किसिमको विश्वव्यापी सहकार्यले गेमिङ्ग खोजमा एक नयाँ अध्याय स्थापित गरेको छ।’