क्यासवे मनी ट्रान्स्फर र नेपाल क्लियरिङ हाउसबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार ‘नेशनल पेमेन्ट्स इन्टरफेस’को प्रयोग गरी रेमिट्यान्स कारोबारहरु सिधैं लाभग्राहीको बैंक खातामा जम्मा हुन्छ।
योसँगै क्यासवे मनी ट्रान्स्फरका कम मूल्यका रेमिट्यान्स भुक्तानी कारोबारहरु कनेक्टआइपिएस इ–पेमेन्ट प्रणालीमार्फत ‘रियल टाइम’मा हुने कम्पनीको उल्लेख छ।
अन्य रेमिट्यान्स भुक्तानी अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनिसिएचएल–आइपिएसमार्फत तोकिएको समय सीमाभित्र गर्नुपर्नेछ।
क्यासवे मनी ट्रान्स्फरले रमेट्यान्सको भुक्तानी मेगा बैंकमार्फत गर्ने बताइएको छ।
यस साझेदारीले बैंक खातामा आधारित रेमिट्यान्सको लागि क्यासवे मनी ट्रान्स्फरको सेवा प्रवाहमा सुधार ल्याउने विश्वास गरिएको छ।
नेशनल पेमेन्ट्स इन्टरफेसले (एनपिआइ) नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको काम गर्दै आएको छ। यसमा हाल ८ भन्दा बढी रेमिट्यान्स कम्पनीहरु समावेश छन्।
क्यासवे मनी ट्रान्स्फर नेपालभरी रेमिट्यान्स नेटवर्कमार्फत् रेमिट्यान्स सुविधा दिँदै आएको मनी ट्रान्स्फर कम्पनी हो।