धरान उपमहानगरपालिकाको सबै कर इसेवामार्फत तिर्न सकिने व्यवस्था गरिएको छ।
योसँगै नगरबासीले सम्पत्ती कर, भूमि कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्नसक्ने छन्।
इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाइलबाट सिधैं कर तथा राजस्व भुक्तानी गर्नसक्ने बताइएको छ।
इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा पोइन्टमार्फत कर भुक्तानी गर्न सक्छन्।
नगरबासीले दुई तरिकाबाट भुक्तानी गर्न सक्नेछन्।
जसअन्तर्गत नगरबासीले सुरूमा वडा कार्यालयमार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ। त्यसपछि इसेवाको मोबइल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिन्छ।
धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवामार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ।
स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुने इसेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले बताए।