आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ। सम्झौताअनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेट मार्फत सजिलै भुक्तानी गर्नसक्ने भएका छन्।
यस सम्बन्धि सम्झौता–पत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका तर्फबाट बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरे।
‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।