यातायात व्यवस्था विभागले २०१९ सम्मको सवारी चालक अनुमती पत्र (लाइसेन्स) छपाई पुरा गरेको छ।
२०१९ डिसेम्बरसम्म लाइसेन्स प्रकृया पुरा भएका लाइसेन्स छपाई भइसकेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘लकडाउनमा हामीले छपाईको काम नरोकी ४ सिफ्ट गरेर काम गरेका थियौं। यो अवधिमा हामीले करिव ४ लाख ५० हजार लाइसेन्स छाप्यौ,’ उनले सेतोपाटीसगँ भने।
अव करिव डेढ लाख लाइसेन्स छपाई गर्न बाकीँ रहेको र साउनको मध्यसम्म यो पनि सक्ने विभागको लक्ष्य रहेको हमालले जानकारी दिए।
‘सबै ब्याकलक हटेपछि उपत्यकाका चालकलाई लाइसेन्सको प्रकृया पुरा गरेर राजश्व बुझाएको १५ दिनभित्र र उपत्यका बाहिरकालाई १ महिनाभित्र लाइसेन्स उपलब्ध गराउने छौ,’ उनले भने।