नेपालमा रेष्टुरेन्ट सञ्चालनका लागि विदेशी लगानीकर्ता आकर्षण भएका छन्। लकडाउनमा उद्योग विभागमा दर्ता भएको उद्योगको विवरणले यस्तो देखाएको हो।
लकडाउनको सुरूवातदेखि असार २१ सम्म १५ वटा उद्योग दर्ता भएका छन्। त्यसमध्ये ३ वटा रेष्टुरेन्ट क्षेत्रका उद्योग दर्ता भएका छन्। ५/५ करोड विदेशी लगानीमा सुनसरी, काठमाडौं र पोखरामा उक्त रेष्टुरेन्ट बन्नेछ। रेष्टुरेन्ट सञ्चालनमा आए ५३ जनाले रोजगारी पाउने छन्।
कंक्रिट उद्योग, केयर गिभर ट्रेनिङ सेन्टर, ल्याङ्ग्वेज सेन्टर खोल्न विदेशीले उद्योग दर्ता गरेका छन्। त्यस्तै, टायल, सोलार, रिचार्जिङ ब्याट्रि, हस्पिटल तथा मास्क उत्पादन गर्न स्वदेशी लगानीकर्ताले उद्योग दर्ता गरेका छन्।
ती उद्योग सञ्चालनका लागि विभागले २ अर्ब ७४ करोड ७० लाख लगानी स्वीकृत गरेको छ।