विश्व बैंकले वर्गिकरण गर्ने आय समूहमा नेपालको बढुवा भएको छ। यसअघि न्यून आय भएको मुलुकमा रहँदै आएको नेपाल यो वर्ष भने न्यूनमध्यम आय भएको मुलुकमा बढुवा भएको हो।
प्रतिव्यक्ती आयका आधारमा संसारभरका मुलुकलाई चार समूहमा वर्गिकरण गर्दै आएको बैंकले यो वर्ष नेपाललाई एक तह बढुवा गरेको हो।
न्यून, मध्यम न्यून,उच्च मध्यम र उच्च आय वर्गमा मुलुकहरुको बर्गिकरण गरिन्छ। बैंकले यो वर्षका लागि १०३६ डलरभन्दा न्यून प्रतिव्यक्ती भएका मुलुकलाई न्यून आय भएका मुलुकमा गणना गर्छ। नेपाल गत वर्षसम्म यही वर्गमा थियो। आयको यो थ्रेसहोल्ड प्रत्येक वर्ष परिवर्तन हुन्छ।
त्यस्तै यो वर्ष १०३६ देखि ४०४५ डलरसम्म आय भएका मुलुक न्यून मध्यम आय भएका मुलुकमा गणना हुन्छन्। यो वर्ष नेपाल यही समूहमा पुगेको छ। नेपालको प्रतिव्यक्ती आय १०९० अमेरिकी डलर रहेको छ।
त्यस्तै ४०४५ देखि १२५३५ डलरसम्म आय भएका मुलुक उच्च मध्यम आय वर्गमा हुन्छन् भने १२५३५ माथि आय भएका मुलुक उच्च आय वर्गमा हुन्छन्।
आयको आधारमा विश्व बैंकले ऋणको ब्याज तथा अनुदान सहुलियत दिन्छ। त्यस्तै अन्य केही मुलुकहरुले पनि अनुदान दिंदा यही आय वर्गिकरणलाई आधार बनाउछन्।