सेलपे सेवाले नेपालको इ-कमर्श प्लेट्फम खेती फुड्सबीच सेलपे खेती अफरको लागि सम्झौता गरेको छ। यो अफर असार ११ गतेदेखि सुरु भएको हो।
अफरअन्तर्गत ग्राहकहरुले खेति एप वा वेब एप्लिकेसनबाट कुनै पनि सामान किनेर सेलपेबाट भुक्तानी गरे ५० प्रतिशतसम्मकोे डिस्काउन्ट कुपन पाउन सकिने बताइएको छ।
हजार भन्दा माथि रकमको सामान खरिदमा १ किलो टमाटर फ्रिमा पाउने छन्।
सेलपे खेति अफरमा सहभागी भई डिस्काउन्ट कुपन पाउनको लागि खेति एप वा वेब एप्लिकेसनबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुपर्छ। त्यसपछि पे भिया सेलपेमा ट्याप गरी आफ्नो सेलपे युजर नाम र पासवर्ड राखेर बैंक छनौट गरेर भुक्तानी गर्नुपर्छ।
यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक खोल्नुपर्छ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने छिटो सरल तथा सुरक्षित सेवा हो।