ठूला क्षमताका विद्युतीय सार्वजनिक सवारी साधनलाई प्रोत्साहन गरिने भएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सहरी क्षेत्रको ट्राफिक चापलाई व्यवस्थापन गर्न र यात्रुलाई सुरक्षित एवंम् सुविधाजनक सेवा प्रदान गर्न ठूला क्षमताका विद्युतीय सवारी साधन संचालनलाई प्रोत्साहन गरिने बताएका हुन्।
मन्त्री खतिवडाले विद्युतीय सवारी साधन चार्जिङ स्टेशन स्थापना गरिने घोषणा गरे।
सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा संचालन गर्न सार्वजनिक यातायात प्राधिकरण निर्माण गरिने बताए।