सरकारले पुर्व–पश्चिम राजमार्ग आगामी चार वर्षभित्र चारलेनको सुरक्षित द्रुत सडकको रुपमा स्तरोन्नती गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुर्व–पश्चिम राजमार्ग आगामी चार वर्षभित्र एसियाली मापदण्ड अनुसारको डेडिकेटेड चारलेनको सुरक्षित द्रुत सडकको रुपमा स्तरउन्नती गर्ने गरी आगामी आर्थिक वर्षमा निमार्ण कार्य अगाडि बढाउन १२ अर्व २१ करोड बजेट विनियोजन गरिएको घोषणा गरे।