काठमाण्डौ, जेठ १३
विश्व बैंक अन्तर्गतको अन्तर्रष्ट्रिय वित्त निगम (आइएफसी) ले कोरोना भाइरस( कोभिड १९) बाट सिथिल नेपाली नीजि क्षेत्रलाई गतिशील बनाउन आवश्यक सहयोग गर्ने घोषणा गरेको छ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजना गरिएको वेविनारमा बोल्दै आइएफसीका नेपाल, बांगलादेश र भुटानका लागि कन्ट्र्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएकी हुन् ।
अहिलेको कठिन परिस्थितिमा नेपालको नीजि क्षेत्रको भूमिका र आइएफसीका आगामी कार्यक्रम शीर्षकमा बोल्दै यस्तो अवस्थामा नीजि क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने वर्नरले बताएकी छिन् । कोभिड १९ को शुरुवातबाट नै नेपालका पर्यटन लगायतका सेवा क्षेत्र धराशायी भएको बताउँदै यसको असर भविष्यमा पनि केही समय रहीरहने बताएकी छिन् ।