एसियाली विकास बैंकले कोरोना भाइरसँग लड्नका लागि नेपाल सरकारलाई ३० अर्ब २५ करोड रुपैयाँ(२५ करोड अमेरिकी डलर) दिने भएको छ।
बैंकले नेपाललाई दिने उक्त ऋण आज स्वीकृत गरेको हो। बैंकद्वारा जारी विज्ञप्तिमा यो ऋणबाट नेपाल सरकारले भाइरस संक्रमणसँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार तथा आर्थिक समाजिक प्रभाव न्यूनकीकरणका लागि खर्च हुने विश्वास व्यक्त गरिएको छ।
यसअघि नेपाल सरकारले कोरोना भाइरसँग भिड्नका लागि भन्दै बैंकसँग ३० करोड डलरका लागि ऋण आवेदन दिएको थियो।