सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड इ-कमर्सले विद्यालय तहका विद्यार्थीका लागि बेलायतको कम्प्युटर कोर्स ‘डिजी स्कुल’को नेपालमा अध्यापन सुरू गरेको छ।
सुरूमा विद्यालय केन्द्रित यो पढाइ लकडाउनले गर्दा विद्यार्थी घरमै सीमित हुनु परेकोले जुनसुकै विद्यार्थीले घरमै बसेर अनलाइनका माध्यमबाट सिक्न सकिने प्रबन्ध गरिएको छ।
डिजी स्कुलमार्फत् कम्प्युटर कोर्स गर्न चाहने विद्यार्थीले ९८०१२२४२५५ मा सम्पर्क गरेर वा Sushma@digischoolglobal.com मा इमेल गरेर भर्ना लिन सक्नेछन्। लकडाउन अवधिभर नि:शुल्क पढ्न सकिने बताइएको छ।
के हो त डिजी स्कुल?
बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स डिजी प्रोग्रामलाई नेपालमा डिजी स्कुल नाम दिइएको हो। यसलाई सफ्ट्वेरिका कलेज अफ आइटी एन्ड इ-कमर्सले नेपालमा भित्र्याएको छ । डिजी स्कुल कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको हो।
एसइई सकेर कम्प्युटर सिक्न जाने प्रचलन रहेको हाम्रो परिवेशमा "डिजी स्कुल" पढ्नेले विद्यालय तहमै जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयर/मर्मतलगायत विषय सिक्ने छन् साथै आफैं सफ्टवयर निर्माण गर्ने दक्षता राख्ने डिजी स्कुलका प्रोग्राम अफिसर सरोज महतो बताउँछन्।
‘डिजी स्कुल’ का प्रवर्द्धक एनसिसी एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले "डिजी प्रोग्राम" बेलायत, सिङगापुर, पाकिस्तान, भारत लगायत देशहरुमा लोकप्रिय रहेको बताएका छन। यो कोर्स पढ्ने विद्यार्थीले एनसिसी एजुकेसन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनको भनाइ छ।
यो कोर्समा आवद्ध उत्कृष्ट विद्यार्थीलाई एनसिसी एजुकेसन अन्तर्गत अस्ट्रेलिया, अमेरिका, बेलायत लगायतको देशमा ‘ग्लोबल एजुकेसन टुर’ र ‘ग्लोबल आइटी कम्पिटिसन’मा सहभागी गराइने नोर्टनले जानकारी दिए।
यो अध्यापन अनलाइन र अफलाइन दुबै प्रणालीबाट गर्न सकिन्छ। कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आ-आफ्नै लगइन हुन्छ जहाँ विद्यार्थीले गृहकार्य लिने/बुझाउने गर्न सक्छन् भने उनीहरूको प्रगति विवरण शिक्षक र अभिभावकले चाहेको बेला सजिलै हेर्न सक्छन्।
आइ जिसिएसई (इन्टरनेसनल जनरल सर्टिफिकेट अफ सेकेण्डरि एजुकेसन)ले समेत यो कोर्सलाई मान्यता दिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।
‘२/३ दशक अगाडि अङ्ग्रेजी पढ्न बोर्डिङ स्कुलको लहर आयो’ श्रेष्ठले भने, ‘अब भने स्कुलदेखि नै प्राविधिक शिक्षाको लहर आउनु जरुरी छ। यही कुराले हामीलाई डिजी स्कुल सुरू गर्न हौस्यायो।’