यातायात व्यवस्था विभागले सवारी चालक अनुमती पत्र (लाइसेन्स)को समस्या हटाउन लाकडाउनमा पनि छपाई कार्यलाई निरन्तरता दिएको छ।
लकडाउनको अवधीमा मात्र करिव १ लाख ४० लाइसेन्स प्रिन्ट गरिएको यातायात व्यवस्था विभागका माहानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
अब करिव ३ लाख लाइसेन्स प्रिन्ट गर्न बाकीँ रहेको उनले बताए।
‘सामान्य समयमा नयाँ, रिन्यू, वर्ग थप र हराएको गरी दैनिक करिव ३ हजार लाइसेन्स थपिन्थ्यो। ती लाइसेन्स नआउँदा ब्याकलक (छाप्न बाकीँ)बढ्न पाएको छैन,’ उनले भने।
यो आर्थिक वर्ष भित्र सम्पुर्ण ब्याकलक हटाउने गरी काम गरिएको उनले बताए।
‘अहिलेको अवस्था हेर्दा लइसेन्सको प्रकृया अझै केही समय लम्बिने देखिन्छ। हामी यो आर्थिक वर्ष सबै ब्याकलक हटाउने उद्देश्यको साथ काम गरीरहेका छौ,’ हमालले सेतोपाटीसगँ भने।
प्रिन्टमा काम गर्ने कर्मचारीलाई सामाजिक दुरी र स्वास्थ्य सुरक्षमा ध्यान दिन निर्देशन दिइएको उनले बताए।
‘३ सिफ्टमा लाइसेन्स प्रिन्ट भइरहेको छ। एउटा सिफ्टको काम सकिएको १ घण्टापछि मात्र स्वास्थ सुरक्षा अपनाएर अर्को टिम भित्र छिर्छ,’ उनले भने।
छपाई ढिलो हुँदा सेवाग्राहीले लाइसेन्सको सम्पुर्ण प्रकृया पुरा गरेर पनि १ वर्ष भन्दा धेरै पर्खिनुपर्ने बाध्यता थियो।
यो आर्थिक वर्ष पछि प्रकृया पुरा गरेको १ हप्तामा लाइसेन्स पाउन सकिने हमालको दावी छ।