इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ। कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको बेला यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ।
अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रतिग्राहक ८० रुपैयाँसम्म प्राप्त गर्न सकिन्छ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उदेश्यका साथ यो योजना सुरु गरिएको हो।’
इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।