उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोग्य सामग्री नपाएमा ११३७ मा फोन गर्न आग्रह गरेका छन्।
मंगलबार दिउँसो सेतोपाटीसँग कुरा गर्दै मन्त्री भट्टले उपभोग्य सामग्रीका लागि जनताले सास्ती भोग्न नपर्ने बताए।
'संकटका बेलामा केही अप्ठ्यारो त पक्कै हुन्छ तर हामीले त्यसका लागि वैकल्पिक व्यवस्था समेत गरेका छौं,' मन्त्री भट्टले भने,'भाटभटेनी, सेल्वेज, सेल्सबेरी,बिग मार्टलगायतका सुपरमार्केटबाट अनलाइन खरिद गर्न सकिन्छ। हामीले उनीहरूलाई यो कुरा भनिसकेका छौं। नजिकको प्रहरी बिटको अनुमति लिएर पसलमा गएर उपभोग्य सामग्री गरिद गर्न सकिन्छ।'
उनले लकडाउनका बेला खाद्य सामग्री, तरकारी तथा दूध बेच्ने पसल बन्द गर्न नभनिएको बताए।
आफ्नो घर र डेरानजिक पसल नखुले प्रहरीको सहयोगमा पसलबारे जानकारी लिनसमेत उनले आग्रह गरेका छन्। सामान किन्न भीड नगरिकन जानुपर्ने समेत उनले बताए।
कुनै पनि तरिकाले खाद्य सामग्री पाउन नसकेमा ११३७ मा फोन गर्नसमेत उनले आग्रह गरे।