नेपाली सेनाको भिभिआइपी हवाई प्रदर्शनका कारण काठमाडौंको हवाई ट्राफिक प्रभावित भएको छ।
मौसम खुल्न ढिला भएर विहानैदेखि उडान प्रभावित भएको आज सेनाको प्रदर्शनले उडान धेरै प्रभावित भएको हो।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज विहान १० बजेदेखि १२ बजेसम्म नोटाम जारी गरिएको छ। यो अवधिमा उडान अवरुद्ध हुने एयरलाइन्सहरुलाई अग्रिम जानकारी विमानस्थल कार्यालयले दिएको हो।
उक्त सूचनाअनुसार अहिले काठमाडौंबाट जाने र आउने उडान प्रभावित भएका छन्।
यसैबीच काठमाडौं विमानस्थलको भिजिविलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय उडान पनि केही होल्डमा परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
काठमाडौैबाट धेरै उडान हुने पोखरा विमानस्थल अहिलेसम्म खुलेको छैन। उडानयोग्य मौसम नभएपछि पोखरा विमानस्थलमा अहिलेसम्म उडान हुननसकेको हो।