राजधानीको भृकुटीमण्डपको चौरमा नेपालका जुत्ताचप्पल उत्पादकको प्रदर्शनीमा उपभोक्ताको भीड लागको छ।
भृकुटीमण्डपको प्रदर्शनी हलमा क्यान इन्फोटेक (मेला)मा आउने उपभोक्ता पनि जुत्ता चप्पल हेर्ने गरेका छन्।‘मेलामा आउने उपभोक्ता सस्तोमा
जुत्ताचप्पल पाएपछि नलिइ कोही फर्केका छैनन्’, शिखर सुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाइँले भने, ‘मेलामा सस्तो मूल्यमा ब्राण्डेड जुत्ताचप्पल उपलब्ध छन्।’
मेलामा नेपालका प्रख्यात ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, ल्याडवाक र शुल्याण्डका जुत्ताचप्पल उपलब्ध छन्।
क्यान मेलामा आउने उपभोक्तालाई लक्षित गरिएको जुत्ताचप्पल मेलामा १ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्मका जुत्त उपलब्ध रहेको रन सुजका
प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए।
मेलामा १५ देखि ६० प्रतिशतसम्म छुटमा जुत्ताचप्पल उपलब्ध हुने न्यौपानेले बताए।
मेलामा महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन्।
पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, गम बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन्।