‘वाई वाई ग्लोकल टिन हिरो’ आवेदन खुलेको छ। ग्लोकल प्रालीले यसको आवेदन खुला गरिएको जानकारी दिएको छ।
किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ।
पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्षाको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ। ती ६ जनाबाट बिजेता छनौट गरिने कम्पनीले जानकारी दिएको छ।