अर्थमन्त्रालयले बैंकिङ क्षेत्रमा देखिएका समस्याको अध्ययन गरी सुझाव दिनका लागि एक अध्ययन समिति बनाउने भएको छ।
पछिल्लो समय देखिएका समस्याका बारेमा अर्थमन्त्री डा युवराज खतिवडाले बैंकर,नेपाल राष्ट्र बैंकका अधिकारी तथा बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुसँग छलफल गरेका थिए।
उक्त छलफलमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुले पछिल्लो समय आएका केही नीतिका कारण कठिन भइरहेको गुनासो राखेका थिए।
बैंक तथा वित्तीय संस्था,नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयका प्रतिनिधि हुने उक्त समितिले अध्ययन गरी समाधानका उपाया दिने छ।