टाटा मोटर्सले लुम्बिनीमा ‘भ्यालेन्टाईन डे’ को कार्यक्रम सम्पन्न गरेको छ।
यस भ्यालेन्टाइन्स स्पेसिल–अ नाइट टु रिमेम्बर कार्यक्रमको नाम ‘नाइट आउन विथ नेक्सन’ नाम दिइएको थियो। सो कार्यक्रम टाटाको अत्याधुनिक गाडी खरिद गरेका ग्राहका लागि विशेष रहेको कम्पनीले बताएको छ।
ग्राहकहरुसँग बलियो सम्बन्ध स्थापित गर्नु कार्यक्रमको मुख्य उद्देश्य थियो।
गत शुक्रबार आयोजित कार्यक्रममा गायक रामकृष्ण ढकाल, मोडल अञ्जली अधिकारी लगायतका कलाकारहरुको प्रस्तुती रहको थियो।