विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाको कार्यान्वयनका लागि युरोपेली लगानी बैङ्क (इआबी)ले करिब १२ अर्ब ४१ करोड (१०० मिलियन युरो) बराबरको ऋण सहायता दिने भएको छ।
गत माघ २९ गते सरकारको तर्फबाट अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल, यूरोपेली लगानी बैंकका तर्फबाट बैंकका डाइरेक्टर मारिया स बारागन र लिगल काउन्सेल बोर्जा ओक्जाङ्गोइटीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
प्रदेश ५, कर्णाली र र सुदूरपश्चिममा विद्युत पहुँच तथा आपूर्तिको गुणस्तर एवम् दक्षता बढाउने उद्देश्यले बैङ्कले उक्त ऋण लिन लागेको हो।
नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने प्रस्तुत आयोजना अन्तर्गत ३३ र ११ किलो भोल्टका सवस्टेसनहरु तथा आपूर्ति लाईनहरु निर्माण गर्ने गरिने छ। साथै वितरण ट्रान्सफर्मरहरु, न्यून भोल्टेजका आपूर्ति लाईनहरु निर्माण गर्ने र आयोजनाको कार्यान्वयनमा सहयोग गर्ने क्षमता विकासका क्रियाकलापहरु सञ्चालन हुनेछन्।
प्रस्तुत आयोजनामा नपुग हुने रकममध्ये ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहयाता एशियाली पूर्वाधार लगानी बैंक(एआइबी)बाट लिन छलफल भइरहेको छ।
उक्त ऋण लिएर विद्युत प्राधिकरणलाई दिइने अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए।
विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना सन् २०२३ को डिसेम्वरसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।