अमेरिकाको सिलिकन भ्यालिलाई आर्टिफिसियल इन्टेलीजेन्स (एआई)को हब मानिन्छ।
सिलिकन भ्याली मात्रै होइन अमेरिकाबाट नै धेरै टेक कम्पनीहरुको सुरुवात तथा विस्तार भएको छ। नाम चलेका टेक कम्पनीहरु गुगल, माइक्रोसफ्ट लगायतका कम्पनीहरु अमेरिकाकै उत्पादन हुन्।
तर, यस्ता कम्पनीको नेतृत्व भने विदेशबाट अमेरिका पुगेका आप्रवासीहरुले गरिरहेका छन्। अमेरिकामा सबैभन्दा बढी नाम चलेका कम्पनीका फाउन्डर तथा सिइओ विदेशी छन्।
गुगलको सिइओ सुन्दर पिचाइ, माइक्रोसफ्टको सत्या नडेला, एडोबको शांतनु नारायण तीनजना नै भारतिय हुन्। इलेक्टोनिक कार उत्पादन कम्पनी टेस्लाको सिइओ एलन मास्क दक्षिण अफ्रीकाबाट अमेरिका पुगेका हुन्।
यति मात्रै होइन एप्पलको फाउन्डर स्टिब जब्सका बुबा पनि सिरियाबाट अमेरिका पुगेका थिए। तर, उनी अमेरिकामै जन्मेका थिए।
अमेरिकका सबैभन्दा ठूला र नाम चलेका पाँच कम्पनीको सिइओ, फाउन्डर कि विदेशी छन् वा उनीहरुको बुबा विदेशबाटै अमेरिका आएका छन्।
गुगलकाको फाउन्डर सर्जी ब्रिन पनि पूर्व सोवियत संघबाट अमेरिका आएका थिए। उनले ल्यारी पेजसँग मिलेर गुगलको शुरुवात गरेका थिए। ब्रिनको यहुदिसँगको भेदभावबाट बच्नको लागि अमेरिका आएको बताइन्छ।
यस्तै टेस्लाका फाउन्डर तथा सिइओ एलन मस्क पनि दक्षिण अफ्रिकामा जन्मेका हुन्। उनी अमेरिका आएर टेस्ला तथा अन्तरिक्ष कम्पनी स्पेसएक्स सुरु गरे।
अहिले विश्वकै सबैभन्दा धनि व्याक्ति जेफ बेजोसका बुबा पनि विदेशबाट अमेरिका आएका थिए।
बुबा माइक बेजोस क्यूवाबाट अमेरिका आएका हुन्। फिडेल क्यास्टोको शासन कालमा उनी सुरक्षित ठाउँको खोजिमा अमेरिका छिरेका थिए। त्यसो त बेजोस उनका आफ्नै सन्तान होइन तर जेफको सफलतामा उनको उत्तीकै ठूलो हात रहेको बताइन्छ।
त्यसैगरी, याहुका फाउन्डर जेरी योङ्ग १२ वर्षको उमेरमा ताइवानबाट अमेरिका आएका थिए। सन् १९९५ मा डेविड फिलोसँग मिलेर उनले याहुको सुरुवात गरेका थिए। अमेरिका ५५ प्रतिशत बिलियन डलर स्टार्टअप फाउन्डर विदेशी मूलका छन्।
नेश्नल फाउन्डेसन फर अमेरिकन पोलिसिजको एक रिपोर्टकाअनुसार अक्टोबर सन् २०१८ सम्ममा अमेरिकामा १ अर्ब डलर भ्यालुएसनकाे ९१ कम्पनीमध्ये ५० कम्पनीको फाउन्डरहरु विदेशी थिए।
यस्तै ९१ कम्पनीमध्य ७५ कम्पनीका वा ८२ प्रतिशत सिइओ वा उपाध्यक्ष जस्तो महत्वपूर्ण पदमा अमेरिकाभन्दा बहिरबाट आएका व्याक्तिहरु रहेको बताइएको थियो।