नेपालको ब्याट्री एक्साइड ब्याट्रीले आफ्ना प्रमुख डिलरहरूका लागि हालै रुस भ्रमणको आयोजना गरेको छ।
एक्साइड ब्याट्रीको सोलार सेग्मेन्टको नयाँ योजनाअन्तर्गत दिइएको लक्ष्य हासिल गरेका डिलरहरूलाई भ्रमणका लागि रुस लगिएको थियो।
त्यस क्रममा एक्साइड ब्याट्री नेपालका महाप्रबन्धकसुरेश कुमार तिवारी तथा डिलरहरू रुसका मुख्य शहरहरू मस्को तथा सेन्ट पिटर्सबर्ग घुमेका थिए।
एक्साइड ब्याट्री नेपालका महाप्रबन्धक तिवारीले सहभागीहरूलाई मायाको चिनो पनि प्रदान गरेका थियो। साथै कम्पनीप्रतिको निरन्तर साथका लागि उनले डिलरहरूलाई धन्यवाद ज्ञापन गरे।
कम्पनीप्रति डिलरहरूको निरन्तर साथ, आगामी दिनमा सहकार्यलाई थप मजबुत बनाउन र ब्रान्डप्रतिको प्रतिबद्धता पुनः व्यक्त गर्न उक्त भ्रमणको आयोजना गरिएको थियो।
ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, मोटरसाइकल, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ।