मोबाइल एप रिचार्जरमा बिगसेल २०२० संचालन हुँदैछ।
उक्त दिन रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउने बताएको छ।
भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरले जनवरी २० का दिन ००ः०० बजेदेखि उक्त बिगसेल चलाउने भएको हो।
यो मेलामा अफरहरु पनि उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए।
बिगसेलमा मेगा डिलअन्तर्गत ६० प्रतिशतसम्मको छुटमा वस्तु तथा सेवाहरु पाइने भएको छ। साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउन्ट पनि पाउन सकिन्छ।
विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफरअन्तर्गत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउनसक्ने कम्पनीको भनाइ छ।
भ्रमण वर्ष २०२० सचिवालयसँगको सहकार्यमा रिचार्जरले तीन वटा नयाँ प्रोडक्ट तथा सर्भिस पनि ल्याउँदैछ।
जसमा डोमेस्टिक टूर प्याकेज, सोभिनियर्ज आइटम (नेपाली हस्तकलाका उत्पादन) र २४ सेभेन फूड सर्भिसमा एक्साइटिङ अफरहरु उपलब्ध हुनेछन्।
जसमा २४ सेभेन फूड सर्भिस भने जनवरी २५ देखि मात्र सुरु हुनेछ।
बिगसेल सहभागि नेपालीलाई नेपाल घुमाउने योजनाअन्तर्गत सस्तो मूल्यमा टूर प्याकेजहरु उपलब्ध गराइन्छ।
विभिन्न पर्यटकीय स्थलमा हेलिकप्टरमार्फत सस्तो मूल्यमा भ्रमण गर्ने प्याकेज पनि रिचार्जरमा उपलब्ध हुने बताइएको छ।
रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा उपलब्ध हुने ग्लाइडरले जानकारी दिए।
विभिन्न बैंकहरुसँगको सहकार्यमा यस्तो व्यवस्था गरिएको हो।
इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराई सेवाग्राहीलाई वित्तीय भारबाट छुटकारा दिलाउने लगायतका योजना रिचार्जरको छ ।