सयुक्त राष्ट्र संघ (युएन)ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने अनुमान गरेको छ। यो विश्व बैंकको अनुमानभन्दा बढी हो।
यसअघि विश्व बैंकले भने नेपालको आर्थिक वृद्धि ६.४ प्रतिशत रहने बताएको थियो।
युएनले अर्को वर्षमा भने आर्थिक वृद्धिदर घट्ने जनाएको छ। आगामी वर्ष ६.३ प्रतिशत आर्थिक वृद्धि हुने युएनको प्रक्षेपण छ।
युएनले नेपाल भुटान तथा माल्दिभ्सलगायतका देशको पूर्वाधार तथा परम्परागत उत्पादन प्रवृतिमा परिवर्तन र सरकारी आम्दानी बढाउन सकिने जनाएको छ।
यो वर्ष युएनले विश्वको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ। युएनको विश्वको आर्थिक स्थिती र संभावना (डब्लुइएसपी) २०२० का अनुसार विश्वको आर्थिक वृद्धिको संभावना २.५ प्रतिशत छ।
तर राष्ट्र संघले अन्तरदेशीय व्यापार युद्ध, वित्तीय उतार चढाव वा भुराजनीतिक कारणले आर्थिक वृद्धिमा कमी आउने सक्ने बताएको छ।