लगानी बोर्डले प्रदेश १ को विराटनगरमा मल्टीमोडल लजिस्टिकपार्क निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन गर्न सिजी लजिस्टिक र सर्राफ ग्रुपसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
आइतबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र सिजी लजिस्टिकका निर्देशक निर्वाण चौधरीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
सिजीसँग सहकार्य गरेको सर्राफ ग्रुप युएईको कम्पनी हो। हस्ताक्षर कार्यक्रममा युएईका राजदुत साईद हामदान अल्नाक्बीको पनि उपस्थिति थियो।
गत वर्ष नेपाल सरकारले गरेको लगानी सम्मेलनमा यी दुई कम्पनीको बीचमा संयुक्त लगानी गर्ने समझदारी भएको थियो।
उक्त समझदारी अनुसार दुई कम्पनीले अध्यायन सुरु गर्न लागेका हुन्। अध्ययन ६ महिनामा सकिने बोर्डले जनाएको छ।
संयुक्त रुपमा दुबै कम्पनीले लजिस्टिक मार्क निमार्णको लागि संभाव्यता अध्ययन गर्न लगानी बोर्डमा प्रस्ताव पेस गरेको थियो।
बोर्डले गत साउनमा मल्टीमोडल लजिस्टिक पार्कको अध्ययन सिजी लजिस्टिकलाई दिने निर्णय गरेको हो।
अध्ययन पछि मात्रै लजिस्टिक पार्क निमार्णको लागि लाग्ने लागत थाहा हुनेछ।