नेपाल जग्गा तथा आवास विकास संघले घरजग्गा कारोबारसम्बन्धी छुट्टै कानुन ल्याउन माग गरेको छ।
१३औं साधारण सभाका अवसरमा संघका अध्यक्ष मिनमान श्रेष्ठले घर जग्गा कारोबारसम्बन्धी छुट्टै कानून तथा एकीकृत शहरी विकास ऐन निर्माण गर्न गरेका हुन्।
विदेशीलाई अपार्टमेन्ट विक्री गर्न पाउने सम्बन्धमा कानूनी व्यवस्था गर्नुपर्ने, रियलस्टेट उद्योगलाई अन्य उद्योगसरह सहुलियत एवं सुविधा उपलब्ध गराउनु पर्ने, सर्भिस अपार्टमेन्टलाई प्रवद्धर्न गर्न पर्यटन उद्योग सरहको सुविधाको व्यवस्था गर्नुपर्ने माग संघले अघि सारेको छ।
त्यस्तै, सरकारी मान्यता प्राप्त रियलस्टेट प्रोजेक्टका हकमा हालको कर्जा र सुरक्षण बीचको अनुपातलाई वृद्धि गरी ६५ प्रतिशतसम्म पुर्याउनु पर्ने उनको भनाइ छ।
अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त अवस्थामा पुगीसकेकोले यो व्यवसायलाई थप मर्यादित बनाउनु पर्नेमा जोड दिए। उनले यस वर्षको प्रोपर्टी एक्स्पो फागुन १९ देखि २५ सम्म आयोजना गरिने जानकारी दिए।