नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेलपे सेवाले शुक्रबारबाट दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ।
यो एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनीमा कात्तिक २९ र ३० गते, महाराजगंज भाटभटेनीमा मंसिर ६ र ७ गते, पाटन भाटभटेनीमा मंसिर १३ र १४ गते १० देखि ५ बजेसम्म संचालन हुने भएको छ।
सेलपेको उद्देश्य ग्राहकहरुसँग अन्तक्रिया बढाउन र सेलपे एपको प्रयोगबारे जानकारी गराउने रहेको छ। सेलपेबाट विना वालेट कारोबार गर्न सकिन्छ।