शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर चिन्ह पाएकाे छ।
नेपाल गुणस्तर तथा नापतौल विभागले बिहीबार आयोजना गरेको ‘नेपाल गुणस्तर चिन्ह अवार्ड,२०१९’ कार्यक्रममा शिवम् सिमेन्टले साे अवार्ड पाएकाे हाे।
मारूती र जगदम्बा सिमेन्टले भने लेटर अफ एप्रिसियसन अवार्ड पाएका हुन्।
अवार्ड पाउनेमा शिवम् प्रथम भएको छ भने मारूती र जगदम्बा सिमेन्ट क्रमश: दोस्रो र तेस्रो भएका छन्।
उक्त अवार्ड वाणिज्य सचिब बैकुण्ठ अर्यालले प्रदान गरे।