दसैँमा आइएमईको डबलको डबलको डबल अफरअन्तर्गत सातौँ हप्ताको विजेता सेवाग्राही इन्द्रराज शेरचन भएका छन्।
सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् उनी विजेता घोषित भएका हुन्।
शेरचनले युकेबाट अफर अवधिमा आइएमईमार्फत् नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए।
उनले युकेस्थित रिया मनि ट्रान्स्सफरमार्फत् ५० हजार एक सय ३७ नेपालमा पैसा पठाएका थिए। जसको दुइगुणा रकम एक लाख दुई सय ७४ रुपैयाँ जितेका हुन्।
पुरस्कार राशी भने सेवाग्राही शेरचनको सिफारिसमा आफन्त चेलीमाया गौचनले ग्रहण गरिन्।
आइएमईले पर्वलक्षित गरेर दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको हो।
उक्त अफर गत भदौं १५ गतेदेखि कात्तिक महिनाको अन्तिमसम्म (७७ दिन)कायम रहन्छ।