कोकाकोलाको पेय पदार्थ ब्राण्डले ‘कोका–कोला क्याप’का कार विजेता हेटौंडाका अम्बरबहादुर गुरुङलाई बम्पर उपहारस्वरुप टाटा टियागो गाडी प्रदान गरेको छ।
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले टाटा मोटर्सको शोरुम थापाथलीमा बुधबार आयोजित कार्यक्रममा विजेतालाई गाडीको साचो प्रदान गरेका हुन्।
यो क्याम्पेनमा प्रत्येक घण्टा (हावर्ली) लक्की ड्र उपहार अन्तर्गत ३२० जना विजेताले एलजी एलईडी टिभी जित्न सफल भएका थिए।
कोकाकोलाको यस्तो अभियान देशभरका कोक उपभोक्तासम्म पुगेको थियो।
नेपालका शहर पोखरा, सिन्धुपाल्चोक, विराटनगर, विरगञ्जलगायतको स्थानबाट उपभोक्ताहरु विजेता भएका छन्।
बम्पर लक्की ड्रका विजेता अम्बर बहादुर गुरुङले भने ‘म लाखौं सहभागीमध्ये टाटा टियागो गाडीको विजेता हुन पाउँदा निकै खुसी छु, यो यो मेरो पहिलो गाडी हो। यस्तो अभियान ल्याएकोमा कोकाकोला नेपालप्रति आभार प्रकट गर्छु।’