सरकारले ल्याएको नयाँ कर नीतिविरुद्ध जनकपुरका व्यापारीले प्रदर्शन गरेका छन्।
उद्योग वाणिज्य संघको नेतृत्वमा शनिबार ब्यापारीले जनकपुरमा प्रदर्शन गरेका हुन्। सरकारले ल्याएको कर नीति व्यवहारिक नभएको उनीहरुको भनाइ छ।
जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले सरकारले अव्यवहारिक कर नीति ल्याएकोले विरोध गर्नुपरेको बताए।
नीजि क्षेत्रलाई खुल्ला र सहज वातावरण निर्माण गरी राष्ट्रिय अर्थतन्त्र गतिशील बनाउनुको साटो सरकारले उल्टो नियम, कानुन र ऐन ल्याएर नीजि क्षेत्रलाई प्रभावित बनाइदिएको उनले आरोप लगाए।
साउन १ गतेदेखि लागू भएको नयाँ कर व्यवस्थालाई तत्काल स्थगन गर्न उनीहरुको माग छ। निजी क्षेत्रको सुझावअनुसार उद्योग, व्यापार र व्यवसायको पक्षमा हुने गरी व्यहारिक तवरले कर नीति ल्याउन उद्योग वाणिज्य संघ प्रदेश दुईका अध्यक्ष शिवशंकर साह हिराले सरकारलाई सुझाव दिए।