यस बर्षको अल्फाबिटा अष्ट्रेलियन एजुकेशन फेयर जुलाई २४ (साउन ८ गते) आयोजना हुने भएको छ।
अष्ट्रेलियाका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी यस बर्षको मेला अल्फाबिटा इन्ष्टिच्युटको कार्यालय बुद्धनगरमा बिहान ८ बजेदेखि सुरु हुनेछ।
एकै छानामुनी अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने भएकाले यस मेलाको विशेष महत्व रहेको अल्फाबिटा इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष द्धिराज शर्माको भनाई छ।
मेलामा सहभागी विद्यार्थीहरुलाई अल्फाविटाले थुप्रै सुविधा र उपहार दिने योजना समेत बनाएको छ।
मेलाको प्लाटिनम स्पोन्सरको रुपमा रहेको सिल्क एयरले मेलामा आएका मध्ये एक जना विद्यार्थीलाई मेल्बोर्न सम्मको हवाई टिकट निःशुल्क उपलब्ध गराउने छ। अरु दुई जनालाई विशेष छुटमा टिकट उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।