माइक्रोसफट कम्पनीका संस्थापक बिल गेट्सबाट विश्वको दोश्रो धनि ब्यक्तिको स्थान खोसिएको छ।
लगातार ७ वर्ष सूचिको दोश्रो स्थानमा रहँदै आएका गेट्सलाई बर्नार्ड अर्नाल्डटले तेश्रो नम्बरमा पुर्याइदिएका हुन्। ब्लुमबर्ग बिलेनियर इन्डेक्सले गेट्स तेश्रो स्थानमा पुगेको बताएको हो। यसैगरी यस सुचिमा भारतका मुकेश अम्बानी १३ नम्बरमा यथावत रहेका छन्।
गेट्सलाई उछिनेका लुई विटन मोएत हेनेसी(एलविएमएच) गत महिना यस सूचिको तेश्रो स्थानमा आएका थिए। हाल उनको सम्पत्ति मा बढेर १०७.६ अर्ब डलर पुगेको छ जुन बिल गेट्सको भन्दा २ सय मिलियन डलरले बढि हो।
ब्लुमबर्गका अनुसार अर्नाल्टले सन् २०१९ मा नेटवर्थ ३९ अर्ब डलर कमाइ गरेका छन्। ७० वर्षिय अर्नाल्टको यो कम्पनी फ्रान्समा सर्वाधिक चर्चित छ।
फोब्स पत्रिका अनुसार अर्नाल्टले सन् १९८४ बाट विलासी भोग्य वस्तुको व्यापारमा हात हालेका थिए। त्यसपछि उनले टेक्सटाइल कम्पनीलाई किने। उनी क्रिश्चियन डायरको पनि मालिक बने। त्यसको चार वर्षपछि उनले त्यस कम्पनीका अन्य व्यापारहरू बेचिदिए र एलविएएमएच किने। यस कम्पनीको आधा नियन्त्रण उनको हातमा छ। यसका अलावा उनी जन्मिनु अगाडी स्थापित क्रिश्चियन डायरको ९७ प्रतिशत हिस्सा उनकै नाममा छ।
ब्लूमबर्ग बिलेनियर इन्डेक्सको ताजा आँकडा अनुसार पहिलो स्थानमा रहेका जेफ बेजोसको कुल सम्पत्ति १२५ बिलियन डलर रहेको छ भने दोश्रो स्थानमा रहेका अर्नाल्टको सम्पत्ति १०८ बिलियन डलर पुगिसकेको छ। त्यस्तै तेश्रो नम्बरमा पुगेका बिल गेट्सको सम्पत्ति १०७ बिलियन डलर रहेको छ।