नेपाल एयरलाइन्सले रविन्द्र शेरचनलाई हटाएर क्यप्टेन दिपु जुहार्चनलाई अपरेशन विभाग प्रमुख बनाएको छ। निरन्तर विवादमा तानिएपछि शेरचनलाई हटाएर एयरलाइन्सका कार्यकारी अध्यक्षले विभागको नेतृत्व जुहार्चनलाई दिएका हुन्।
नेपाल एइरलाइन्सको एयरबस ३२० जहाज उडाइरहेका जुहार्चन यसअघि सेफ्टी प्रमुख रहेका थिए।
रविन्द्र शेरचन अपरेशन विभाग प्रमुख हुँदा नियम मिचेर काम गरेको भन्दै नियमक नेपाल नागरिक उड्डय प्राधिकरणमा उजुरी परेको थियो। प्राधिकरणले निगम नेतृत्वलाई विवादित व्यक्तीलाई अपरेशन विभागको नेतृत्व नदिन सुझाव पनि दिएको थियो।
दैनिक उडान सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी हुने उक्त विभागको नेतृत्व गर्ने क्याप्टेन सँधै विवादमा पर्नु राम्रो नभएको प्राधिकरणको तर्क थियो।