काठमाडौं महानगरपालिकाले नयाँ सम्पत्ति कर निर्धारण गरेको छ।
महानगरको नगरसभाको ५ औं अधिवेशनले २०७६/७७ को बजेट सार्वजनिक गर्दै सम्पत्तिको शून्य दशमलव शून्य दस प्रतिशतदेखि शून्य दशमलव ६०० प्रतिशतसम्म करको दर निर्धारण गरेको हो।
महानगरले पहिलो सुरूको एक करोडको सम्पत्तिमा शून्य दशमलव शून्य दस प्रतिशतको दरले १ हजार कर लाग्ने छ। त्यसपछि २ करोडको सम्पत्तिमा शून्य दशमलव १५ प्रतिशतको दरले २ हजार ५ सय कर तिर्नुपर्ने बजेटमा उल्लेख छ।
त्यस्तै ३ करोडको सम्पत्तिमा शून्य दशमलव शून्य २० प्रतिशतको दरले ४ हजार ५ सय, ४ करोडको सम्पत्तिमा शून्य दशमलव शून्य ४० प्रतिशतको दरले ८ हजार ५ सय, ५ करोडको शून्य दशमलव शून्य ६० प्रतिशतको दरले १४ हजार ५ सय, ६ करोडको सम्पत्तिमा शून्य दशमलव १०० को दरले २४ हजार ५ सय, ८ करोडको सम्पत्तिमा शून्य दशमलव ३०० को दरले ८४ हजार ५ सय, १० करोडको सम्पत्तिमा शून्य दशमलव ४५० को दरले १ लाख ७४ हजार ५ सय कर लाग्नेछ।
त्यसैगरी १० हजारभन्दा माथिको हकमा शून्य दशमलव ६०० प्रतिशत कर लाग्ने बजेटमा उल्लेख छ।