काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजारको रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
महानगरले पुँजीगत खर्चको लागि १ अर्ब ५५ करोड ३५ लाख अर्थात् १०.८ प्रतिशत, तलब, पारिश्रमिक, सुविधाको लागि १ अर्ब ४१ करोड ५ लाख अर्थात् ९.८१ प्रतिशत खर्च हुने अनुमान गरेको छ।
यस्तै, महानगरपालिकाले कार्यलय संचालनको लागि जम्मा बजेटको ४.१३ अथवा ५९ करोड ४३ लाख ५० हजार र पूर्वाधार सुधार तथा अन्य विकासको लागि ७ अर्ब ४३ करोड ९६ लाख ९२ हजार अर्थत् ५१.७४ प्रतिशत खर्चको अनुमान छ।
यस्तै, नेपाल सकार सशर्त अनुदानबाट पुजीगत खर्च ३ अर्ब ३८ करोड ६ लाख तथा जग्गा एकीकरण आयोजनाको लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार खर्च गर्ने तयारी महानगरको छ ।