ललितपुर महानगरपालिकाले ५ अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ।
मंगलबार बसेको चौथो नगरसभामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त बजेट पेस गरेका हुन् ।
महानगरले सबैभन्दा बढी पूर्वाधार विकासको लागि ३८.७५ प्रतिशत अर्थात् २ अर्ब ७३ लाख ६३ हजार बजेट बिनियोजन गरेको छ । यस्तै, वातावरण तथा विपद व्यवस्थापनमा १६ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ । महागनरले चालु खर्चको लागि १ अर्ब १२ करोड ५९ लाख ५५ हजार छुट्याएको छ । जुन जम्मा बजेटको २१.७४ प्रतिशत हो ।
यस्तै, सामाजिक सुरक्षाको लागि भनेर ४६ करोड अर्थात् ८.८८ प्रतिशत बजेट बिनियोजन गरेको छ । महानगरले अन्य साझेदारी कार्यक्रमको लागि १ अर्ब २ करोड ७५ लाख विनियोजन गरेको छ । जुन जम्मा बजेटको १९.८४ प्रतिशत हो ।
महानगरले क्षेत्रगत विकास अन्तर्गत आर्थिक विकासमा ७ करोड ५३ लाख, सामाजिक विकासमा १६ करोड ८४ लाख, संस्थागत विका सेवा प्रवाह र सुशासनमा २ करोड २५ लाख, पुँजी निमार्णमा ६ करोड १० लाख तथा विविध विषयको लागि भनेर ६ करोड ६० लाख रुपैया खर्च गर्ने बजेटमा उल्लेख छ ।
आन्तरिक स्रोतको परिचालन बाट २ अर्ब ६५ करोड ६१ लाख र नेपाल सरकार बाट प्रप्त ९८ कारोड ४६ लाख, प्रदेश सरकारबाट प्रप्त १२ करोड ३६ लाख, साझेदारी कार्यक्रम्बाट ३८ करोड ५२ लाख तथा अन्य अनुदानबाट ४ अर्ब ३० करोड आगामि आर्थिक वर्षको लागि आम्दानीको स्रोत बनाएको छ । उसले अघिल्ले आवको बचत ६० करोडलाई आम्दानीको स्रोतको रुपमा बजेटमा उल्लेख गरिएको छ ।