नेपाल मेडिसिटी अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमको आयोजना नेपाल यातायात स्वतन्त्र मज्दूर संगठनको वार्षिकोत्सवको अवसरमा गरिएको हो। ललितपुरको लगनखेलमा आयोजना गरिएको कार्यक्रममा २०० भन्दा बढी मजदुरले रक्तदान गरे।
यसअघि देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको संगठनले आफ्नो स्थापनाको ४०औं स्थापना दिवस मनाउँदैगर्दा रक्तदानकार्यक्रमको आयोजना गरेको हो।
नेपाल मेडिसिटी अस्पतालका विशेषज्ञ चिकित्सकहरु, तथा स्वास्थ्यकर्मीहरुको सहभागिताका सञ्चालनहुँदै आएको शिविरमा यसपटक भने नेपाल मेडिसिटीको ब्लड बैंक युनिट सहभागि रहेको थियो ।
आफ्नै भवनभित्र ब्लड बैंक रहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले रक्तदानले आपतकालिन अवस्थामा ज्यान जोगाउने भएकाले संगठनसंग सहकार्य गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।अस्पतालका अध्यक्ष डा। उपेन्द्र महतो पनि कार्यक्रममा सहभागी थिए।