आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि सबै स्थानीय तहले मंगलबार बजेट सार्वजनिक गर्दै छन्।
असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज ७ सय ५३ वटै स्थानीय तहले बजेट सार्वजनिक गर्न लागेका हुन् ।
आज सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले बजेट प्रस्तुत गर्दै छन् । यो स्थानीय तहले सार्वजनिक गरेको दोस्रो बजेट हो । यसअघि अघिल्लो आर्थिक वर्षमा पहिलो बजेट प्रस्तुत गरेका थिए।
स्थानीय तहले केन्द्रीय सरकारले दिएको वित्तीय समान्नीकरण अनुदान, सशर्त अनुदान, समपुर अनुदान, विशेष अनुदान र राजश्व बाँडफाँडबाट आएको आर्थिक सहयोग तथा आफ्नै राजश्वका अनुमानको आधारमा बजेट प्रस्तुत गर्नेछन् ।